कैलाली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो। यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०६८) ७,७५,७०९ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो। यस जिल्लामा पाँच नगरपालिका छन् भने एउटा उपमहानगरपालिका छ | टीकापुरमा अवस्थित “टीकापुर बृहत उद्यान” नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो। कैलाली जिल्लामै रहेको “घोडाघोडी ताल” लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ।
जिल्लाको नामकरण
कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्। ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्। परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ।
- भौगोलिक अवस्था :
पूर्व | : कर्णाली नदी, बर्दिया र सुर्खेत जिल्ला |
पश्चिम | : कञ्चनपुर र डडेल्धुरा जिल्ला |
उत्तर | : डोटी, डडेल्धुरा र सुर्खेत जिल्ला |
दक्षिण | : भारतको उत्तर प्रदेश ( लखिमपुर खिरि) |
समुद्र सतहबाट उचाई | : १०९ मी. देखि १९५० मी. |
क्षेत्रफल | : ३२३५ वर्ग कि. मी. (पहाड ४०.३% र तराई ५९.७%) |
आक्षाशं | : २८° २२’ उत्तर देखि २९° ५’ |
देशान्तर | : ८०° ३०’ पूर्व देखि ८१° १८’ |
हावापानी | : उष्ण देखि समसीतोष्ण |
मुख्य नदीहरु | : कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगंगा, गौरिगंगा, कनरा, गुलरा, गोदावरी |
मुख्य तालहरु | : घोडाघोडी, जाखोर, जोगिनिया, वेहडाबाबा, कोइलाही |
- प्रशासकीय एवं राजनितिक विभाजन :
प्रदेश | :प्रदेश न. ७ |
अंचल | : सेती |
जिल्ला सदरमुकाम | : धनगढी |
निर्वाचन क्षेत्र | : ५ |
गाउपालिका | : ६ |
नगरपालिका | :६ ( गोदावरी , टिकापुर, लम्की-चुहा, भजनी, घोडाघोडी र गौरिगंगा ) |
उप-महानगरपालिका | : १ ( धनगढी ) |
श्रोत: जिल्ला पार्श्वचित्र